– वीरेन्द्र केसी
सन्धिखर्क । प्रधानमन्त्री बाबुराम भटराईको निरंकुश सरकार खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका अर्घाखाँची स्थित काग्रेस, एमाले, राष्टिय जनमोर्चा, राप्रपा जनशक्ति, र मालेले सन्धिखर्कमा विरोध सभा गरेका छन ।
शान्ति वगैचाबाट सयौको संख्यामा शुरु भएको याली चुत्रावेशी हललाई हुदै पुन शान्ति वगैचा चोकमा आई सभामा परिणत भएको थियो । सभामा बोल्ने वत्ताहरुले संविधान निर्माण र राष्टिय सहमतीको सरकार निर्माणका लागि एमाओवादी बाधक बनेको र पत्रकार डेकेन्द्र थापाका हत्यारालाई संरक्षण गरी डण्डहीनतालाई प्रधानमन्त्री भटराईले ढाकछोप गर्नु कानुनी राज्यलाई उल्लंघन गरी अधिनायकवाद लादन खोजेको आरोप लगाए । उनीहरुले सडकबाटै सरकार ढाल्ने चेतावनी दिदै अधिनायकवादी निरकुर सरकारको विरुद्धमा डटेर लडने बताउदै आवश्यक परे दैलेखमा जस्तै अर्घाखाँचीमा पनि एमाओवादीलाई जनताले प्रतिकार निषेध गर्ने चेतावनी दिए ।
कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य नजिर मिया, राष्टिय जनमोर्चाका केन्द्रिय महासचिव सन्तबहादुर नेपाली, काग्रेस जिल्ला सचिव वासुदेव आचार्य, मालेका सचिव केदार बेल्वासे, राप्रपाका अध्यक्ष देवीबहादुर खडका, जनशक्तिका अध्यक्ष वेदराज घिमिरेले सरकार र माओवादीको जनविरोधी र राष्टघाती कदमप्रति कडा प्रतिवाद गरेका थिए ।
कार्यक्रम एमाले सचिव दलबहादुर भटराईको सञ्चालन, काग्रेस जिल्ला सभापति कमलप्रसाद भुसालको अध्यक्षता र राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैगरी संयुक्त संघर्ष समितिले १४ गते पकले, १५ गते ठाडा दहमा विरोध सभा गर्ने भएका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।