अर्थमन्त्री वर्षमानद्धारा एकीकृत माओवादीको महाधिवेशन अघि विपक्षी दलसँग सहमतिको सम्भावना नरहेको स्पष्ट

धादिङ  । अर्थमन्त्री वर्षमान पुनले एकीकृत नेकपा माओवादीको महाधिवेशन अघि विपक्षी दलसँग सहमतिको सम्भावना नरहेको स्पष्ट पारेका छन् । 

धादिङको धादिङबेशीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले प्रतिपक्षी दलहरु सडक आन्दोलनमा र माओवादी नेताहरु महाधिवेशनको तयारी गर्न गाउँ केन्द्रित भएकोले तत्काल सहमति हुने सम्भावना नभएको बताए ।
– RSS