भेनेजुयलाको बारिक्वसिमेटो कारागारमा दंगा भड्किंदा ५९ जना मारिए

भेनेजुयलाको पश्चिमी शहर बारिक्वसिमेटोस्थित उरिवान कारागारमा दंगा भड्किंदा कम्तिमा ५९ जना मारिएका छन् ।


मारिनेमा कारागारका बन्दी, सुरक्षा गार्ड र अरु कामदार छन् । घटनामा ९० भन्दा बढी घाईते भएका छन् ।


स्थानीय सञ्चारमाध्यमले सैनिकहरु कारागारमा हतियारको खानतलासी गर्न गएको समाचार प्रसारण गरेपछि दंगा भड्किएको भेनेजुयलाका जेल मन्त्री आइरिस भरेलाले जानकारी दिएका छन् ।


कैदीका समूहहरुसँग रहेका हतियार बरामद गर्ने योजना अनुरुप सेनाले सर्च अभियान चलाएको अधिकारीहरुले जनाएका छन् ।

 

– एजेन्सी