एमाले अर्घाखाँचीको बैठक सम्पन्न

– वीरेन्द्र केसी


सन्धिखर्क,  अर्घाखाँची ।  नेकपा एमाले एमाले अर्घाखाँची जिल्ला कमिटीको बैठक मदन आश्रित स्मृती भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।

 

जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरेको अध्यक्षतामा आज सम्पन्न बैठकले फागुन ४ र ५ गते जिल्ला कमिटीको अधिवेशन सफलतापुर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । उपसमितिमा प्रेम गैरेको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार समिति, जनार्दन खनालको संयोजकत्वमा ९ सदस्यीय आवास तथा खाद्य व्यवस्थापन समिति गठन गरेको छ ।


 त्यस्तै सरोज भुसालको संयोजकत्वमा मंञ्च व्यवस्थापन समिति, दलबहादुर भटराईको संयोजकमा प्रतिनिधि जाचबुझ समिति, बुद्धि रायमाझीको संयोजकमा स्वागत अतिथि सत्कार, पितम्बर भुसालको संयोजकमा स्वास्थ्य, भोज बहादुर गन्द्रर्भ संयोजकमा सास्कृतिक समिति र रामचन्द्र पोखरेलको संयोजकमा स्वयसेवक परिचालन समिति गठन गरेको एमालेले जनाएको छ । अधिवेशनका लागि माघ २७ गते ४२ वटै गाविसबाट ४ सय प्रतिनिधि छनोट हुनेछन ।

 

प्रतिनिधि चयनका लागि खुलाबाट २० सदस्य बराबर १ जना, दलितबाट १० जना संगठित सदस्यबराबर १ जना, महिलामा १५ जना बराबर १ जना र जनजातीबाट १५ जना बाट १ जना प्रतिनिधि गाउबाट चुनिेनछन । अधिवेशनको लागि एमाले अर्घाखाँचीले तयारीलाई तिव्र रुपमा अघि बढाएको छ ।

 

 




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।







अन्य समाचारहरु