नेपाली काग्रेस खनदहको अन्तरक्रिया, वर्तमान सरकारलाई हटाएरै छोड्ने नेता भुसालको भनाई

– प्रेमनारायण आचार्य
खनदह, अर्घाखाँची ।  नेपाली काँग्रेसका अर्घाखाँची कमलप्रसाद भुसालले आन्दोलनकै माध्यमबाटै बर्तमान सरकारलाई हटाएरै छाड्ने बताउनु भएको छ । 
आज अर्घाखाँचीको खनदहमा नेपाली काग्रेस खनदहले राखेको अन्तरक्रिया कार्यक्रममा नेता भुसालले वर्तमान सरकारलाई सडक संघर्षबाटै हटाउने दावी गर्नुभयो । उहाले माओवादीविरुद्ध लड्नका लागि हतियारविहीन रूपमा काङ्ग्रेस एमालेका कार्यकर्ता देशैभर तयार भएको बताउनु भयो  । राष्ट्रिय निकासका लागि एकीकृत माओवादीले सर्वसत्तावादको बाटो छोड्नुपर्ने पनि उहाँले बताउनुभयो । 
कार्यक्रममा काग्रेसका महाधिबेसन प्रतिनिधि तथा काग्रेसका जिल्ला सदस्य बिष्णुप्रसाद खनाल मुस्कानले मुलुकमा दण्डहिनता वढेको र यो वढाउनुमा वर्तमान सरकार जिम्मेवार रहेको बताउदै उहाँले राजनितिक निकासका लागि पनि सरकारलाई घुडा टेकाइ छाड्ने बताउनु भयो । 
कार्यक्रममा काग्रेसका जिल्ला सदस्य केसब श्रेष्ठ, स्थानीय काग्रेसका अगुवाहरु शान्ता खनाल, तुल्सी खनाल, धर्म खनाल लगायतले मन्तबय राख्नु भएको थियो । कार्यक्रम खनदह काग्रेसका सभापति मोतीबहादुर खनालको अध्यक्षता र सचिब हुमा खनालको सञ्चालनमा सम्पन्न भएको हो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु