ब्राजिलको एक नाईट क्लबमा भीषण आगलागी हुँदा कम्तिमा २४५ जनाको मृत्यु

ब्राजिलको दक्षिणी शहर सान्ता मारियास्थित एक नाईट क्लबमा भीषण आगलागी हुँदा कम्तिमा २४५ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । घाईत सयौंको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।


क्लबको ब्याण्डले स्टेजमा पटाका पड्काएपछि आगो सल्किएको थियो । उक्त क्लबमा एउटा मात्र ढोका भएकोले आगलागीपछि मानिसहरुबीच भागदौड मच्चिएको थियो ।


आगलागीपछि निस्किएको विषालु ग्याँंसले निस्सासिएर धेरैको मृत्यु भएको समाचारमा जनाइएको छ । दुई हजार जना अट्ने क्षमता रहेको नाईट क्लब घटना भएको समयमा भरिभराउ थियो ।

 

– एजेन्सी