कृष्ण खनाल 
जनआन्दोल ६२/०६३ का लुम्बिनी अञ्चलका एक मात्र सहिद विष्णु पाण्डेको देहान्त हुँदा उनका कान्छा छोरा केशव ५ महिनाको गर्भमा थिए । 
आफ्ना बाबुको अनुहार समेत देख्न नपाएका उनी अहिले सात बर्षका भएका छन । उनी अहिले स्थानीय विद्यालयमा युकेजीमा अध्ययन गरिरहेका छन । जनआन्दोलको समयमा २०६२ साल चैत्र ३० गते नपलपरासी जिल्लाको परासी बुद्धचोकमा विष्णु पाण्डेले साहदत प्राप्त गरेका थिए । 
शान्ती ,लोकतन्त्र र संविधानको लागि आन्दोलनमा होमिएर सहदत प्राप्त गरेको पनि करिव ७ बर्ष भईसक्यो तर उनको परिवारले सरकारबाट सहिद घोषणा गरेपछी राहत स्वरुप १० लाख रुपैया उपलब्ध गराएको भएपनि अन्य आश्वासन बाहेक केही पाएको छैन । नवलपरासी जिल्लाको स्वाठी गा.वि.स वार्ड नम्बर ७ बनकट्टीमा रहेको सहिद विष्णु पाण्डेकी श्रीमती भागीरथी पाण्डे दिवंगत आफ्ना पतीको सहरकारबाटै अपहेलान भएको बताउदछीन ।
अहिले उनीको परिवार स्थानीय हेल्थपोष्टमा अहेवको सानो जागीरले नै उनको परिवार जेनतेन धानिएको छ । सहीद विष्णु पाण्डेकी श्रीमती भागीरथी पाण्डेले पछिल्लो समयमा सरकारले विभिन्न राजनैतिक दवावको आधारमा अन्य विभिन्न राजनैतिक आन्दोलमा समेत मारिएका मानिसहरुलाई समेत सहीद घोषणाले सच्चा देश र जनाको लागि साहदात प्राप्त गरेको सहीतको आपमान भएको बताईन ।
अर्घाखाँची डट्कम् सग टेलिफोन कुराकानीमा उनले आफ्ना श्रीमानको ईच्छा शान्ती लोकतन्त्र र संविधान सभाको सुनिश्चित नभएको देखिएकोले सहिदको अपमान भएको बताईन । उनले भनिन्