– प्रेमनारायण आचार्य
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला साधारण सभा सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै महासंघका केन्द्रीय सल्लाहकार तथा पुर्व महासचिव पोषण के.सी.ले पत्रकारहरुको सुरक्षामा सरकार बफादार हुन नसकेको आरोप लगाउनु भयो । उहाले निर्भिकताका साथ पत्रकारीता गर्ने वातावरण बनाउन राज्यसंग माग गरेका थिए ।
“समाजमा चोरी गर्ने चोरलाई समाउछौं र प्रहरीमा बुझाउछौं तर पत्रकारले गल्ती गरे औला चिछौं,जीउदै गाड्छौं,” केसीले भन्नु भयो “के पत्रकार मान्छे होइन – उहाले भन्नु भयो नेपालका ठुला मिडीयाले समेत श्रमजिबी पत्रकार ऐन लागु नगरेको बताउदै प्रेस स्वतन्त्तता बिना लोकतन्त्र सस्थागत हुन सग्दैन । सत्य निरुपण तथा मेलमिलाप आयोगले हर्ेर्ने मुद्धा र डेकेन्द्र थापाको हत्याको मुद्धा फरक रहेको ,फौजदारी न्यायलाइ कसैले मेटाउन नसक्ने बताउदै पत्रकारका हत्यारालाइ कारबाही गर्न सरकारले आलटाल गरेको बताउनु भयो ।
मन्तव्यकै क्रममा केन्द्रीय सदस्य रुद्र भट्टले दलहरुकै कारण पत्रकारहरु असुरक्षित बनेको बताउदै एकिकृत माओबादीको ३१ पेज लामो राजनितिक दस्ताबेजमा समेत कहि कतै प्रेस स्वतन्त्रता उल्लेख नभएको बताए ।
मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भुर्तेलले जिल्लामा क्रियाशिल पत्रकारहरुको सुरक्षाको जिम्मा लिने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रमको उद्घाटन शत्रमा बोल्ने बक्ताहरुले स्वतन्त्र प्रेसको सम्मान गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षा गरेका थिए । जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधी, सुभेच्छुक संस्थाका प्रतिनिधि तथा ठूलो संख्यामा पत्रकारहरुको उपस्थिती रहेको साधारण सभाले महासंघको भवन निर्माणमा विशेष पहल लिने निर्णयसमेत गरेको छ ।
कार्यक्रम पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता , सचिव प्रेमनारायण आचार्यको सञ्चालन, उपाध्यक्ष हिम बहादुर जि.सी.को स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी हेमराज भुसाल, एनेकपा माओबादीका केन्द्रिय सल्लाहकार चन्द्रबहादुर खड्का , जिल्ला संयोजक गोबिन्द केसी, नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य , नेकपा माओबादीका जिल्ला एन्चार्ज भेसराज भुसाल, राजमोका केन्द्रिय सदस्य सागर केसी , क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष गणेश खनाल, प्रेस युनियनका जिल्ला अध्यक्ष र्सर्ुय भुसाल, चौतारीका अध्यक्ष पावर्ता श्रेष्ठ, लगायतले मन्तब्य राखेका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।