हेटौँडा – मकवानपुरको हेटौँडामा शनिबारदेखि प्रारम्भ हुने एकीकृत नेकपा (माओवादी) को सातौँ महाधिवेशनको तयारी प्रायः पूरा भएको छ ।
पार्टी जीवनको २२ वर्षपछि हुन लागेको महाधिवेशनलाई सफल पार्न सो पार्टीले गरेको तयारी र अन्य कामकारबाही हेर्दा लाग्छ एउटा क्रान्तिकारी उत्सवको तयारी गरिदैछ । चार हजारभन्दा बढी मानिसको छ दिनसम्म हुने जमघटले हेटौँडामा उत्साहको लहर छाएको अनुभूति भइरहेको छ ।
दश वर्षे जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश गरेपछि पटक पटक महाधिवेशनको चर्चा चलेपनि यस पटक भने त्यसले साकार रुप पाउन लागेको छ ।
महाधिवेशन आयोजनास्थल हेटौँडाको औद्योगिक क्षेत्रमा आवश्यक तयारी द्रुततर गतिमा अन्तिम चरणमा पुगेको छ भने देशव्यापीरुपमा जिल्ला सम्मेलन पनि प्रायः सम्पन्न भइरहेका छन् ।
एमाओवादी केन्द्रीय कार्यालयका अनुसार आजसम्म ७० जिल्लाको जिल्ला सम्मेलन सम्पन्न भइसकेको छ भने गैरभौगोलिक जिल्ला समितिको समेत जिल्ला सम्मेलन सम्पन्न भइसकेको छ । बाँकी जिल्लाका सम्मेलन पनि महाअधिवेशन अगावै सम्पन्न हुँदैछन् ।
महाधिवेशनको उद्घाटन मकवानपुरको हुप्रेचौरमा हुने तयारी गरिएको छ भने बन्दसत्रलगायतका कार्यक्रम भने औद्योगिक क्षेत्रभित्र गर्ने गरी तयारी गरिएको छ ।
महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन सँगसँगै पार्टीलाई नयाँरुपमा जनतामा स्थापित गर्ने लक्ष्य लिइएको छ ।
महाधिवेशनका लागि