एमाओवादीको हेटौंडामा जारी सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा छलफल गर्न ६१ समूह

एमाओवादीको हेटौंडामा जारी सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा छलफल गर्न ६१ वटा समूह
एमाओवादीको हेटौंडामा जारी सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा छलफल गर्न ६१ वटा समूह निर्माण भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालद्वारा पेश गरिएको प्रतिवेदनमा समूहगत छलफल पछि टोली संयोजकले टिप्पणी गर्ने छ । एउटा समूहमा ५० देखि ६० जना सम्म प्रनिधिति सदस्य छन् ।
यसैबीच, अध्यक्ष दाहालद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा तीन वटा फरक मत दर्ता भएका छन् ।
फरक मत दर्ता गराउनेमा राम कार्की, लेखराज भट्ट र गोपाल किराँती रहेका छन् ।