– प्रेमनारायण आचार्य
अर्घाखाँचीको धातीबांग गाविसको वाड न. ५ खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको खुसियालीमा स्थानीय बासिन्दाहरु पञ्चेबाजा बजाएर छमछमती नाचेका छन ।
हाम्रो गौरव हाम्रो स्वाभिमान:खुल्ला दिसामुक्त अर्घाखाँची हाम्रो अभियान भन्ने मूल नाराका साथ सन् २०१४ सम्म अर्घाखाँची जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँची निर्णयलाई साथ दिदैं खुल्ला दिसा मुक्त तथा सरसफाइ प्रबद्धन अभियान अर्न्तर्गत नेस्ट नेपाल र सिसेक अर्घाखाँचीको सहजिकरणमा टोल, वस्ती, वाड र गाविस हुँदै जिल्लालाई नैं खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य सहित यस विद्यालय सेवा क्षेत्रलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको घोषणा कार्यक्रमका उद्घोषक मित्रदेब पौडेलले उद्घोषणको क्रममा बताएका थिए ।
वाड स्तरिय खानेपानी तथा सरसफाई स्वचछता समन्वय समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेलकोे अध्यक्षता भएको भव्य एवं रमणीय घोषणा सभामा आफूहरुको कामको सफलता सुनाएका थिए ।
बाजागाजा र गाविसका अधिकांश महिला समूहहरु उत्साहजक रुपमा नाराजुलुशका साथ कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा उपस्थित बालक देखि बृद्धा सम्म सबैले अब सधै चर्पीमा मात्र दिसा पिसाव गर्ने, चर्पी सधै सफा राख्ने, बाहिर कहिल्यै फोहोर नगर्ने, सधै साबुनपानी मात्र हातधुने लगायतका सामूहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा गाविस सचिब आलोक अग्रहरीले गाविसलाइ पर्ुण्ा सरसफाइ कार्यनवयन गरि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्ण्र्ााअनुसार १ वटा वाड लाइ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको बताउनु भयो ।
कार्यक्रममा खुल्ला दिसा मुक्तको क्षेत्रमा काम गरिरहेका सस्था नेस्ट नेपालका बिनोद प्रसाद शर्मा, सिसेक अर्घर्ााँचीका गोपाल प्रसाद पौडेल, इकार्डस नेपालका कृष्ण जिसी एनेकपा माओबादीका थानेश्वर पौडेल, काग्रेसका लिलापती पौडेल लागायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम वाड स्तरिय खानेपानीतथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष बिष्णु प्र पौडेलको अधयक्षता, मित्रदेब पौडेलको संचालन र हिमलाल पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको हो
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।