बाबु रोका मगर “अपरिचित”
असुरकोट-९ अर्घाखाँची
आज ए.सि.छैन पंखा ले काम चलाऊ
आज वियर छैन चिया ले काम चलाऊ |
आज म:म,चाउमिन छैन सुक्खा रोटीले काम चलाऊ
आज पिज्जा छैन पाउरोटी ले काम चलाऊ |
आज बाईक छैन आफ्नो खुट्टाले काम चलाऊ
आज लाइट छैन मैन बत्ती ले काम चलाऊ |
आज फेस बुक छैन आउट लुक ले काम चलाऊ
आज शितल छहारी दिने रुख छैन पात झरेको रुख ले काम चलाऊ |
आज खशी को मासु छैन सोयाबिन ले काम चलाऊ
आज सुकुटी छैन गुन्द्रुक ले काम चलाऊ |
आज फिल्म छैन सिरियल ले काम चलाऊ
आज मेरी बास्सै छैन जिरे खुर्सानी ले काम चलाऊ |
आज मिनिस्कट छैन गुन्यो चोली ले काम चलाऊ
आज हिप हप छैन लोक दोहोरी ले काम चलाऊ |
आज आईसक्रिम छैन बरफ ले काम चलाऊ
आज डिस्को छैन झ्याउरे ले काम चलाऊ |
आज हजार रुपैयाँ छैन पचास रुपैया ले काम चलाऊ
यो दुनियाँ मा पैसा मात्र केही होइन आफ्नो सच्चा दिमाग ले काम चलाऊ |
आज रेस्टुरेन्ट क्याफे छैन चिया पसल ले काम चलाऊ
अब बिदेश तिर घुमेर होइन नेपाल मा नै बसेर देश चलाऊ |
अंत मा म नेता अभिनेता जती मनको कालो भए पनि
बाहिर हेर्दा देखिन्छन सेता उहाँ हरुलाई बोलाएर यता
यो भन्न् चाहन्छु |
अब लडाईं एक अर्काको बिरोध गरेर होइन
आन्दोलन गरेर नेपाल बन्द गरेर होइन
सक्छौ भने अरुको ईशारा मा होइन आफ्नो दिमाग अनी ताकत ले देश चलाऊ
देश मा उधोग कलकारखाना खोलेर बेरोजगारिहरुलाई रोजगार दिएर काम देखाउ
बिन्ती मेरो, अब न बनाऔ यो देश को नाम काम चलाऊ |