– उमाकान्त पाण्डे गाउंले
लुम्बिनी अञ्चलमा सबै भन्दा थोरै जनसख्या भएको जिल्लाको रुपमा अर्घाखाँची परेको छ । बिभिन्न स्रोत र अध्ययनले यस्तो देखाएको हो । स्रोतका अनुसार लुम्बिनी अंचलको कूल जनसंख्या २८ लाख ३४ हजार ६१२ रहेकोमा अर्घाखाँचीको जनसख्या १ लाख ९७ हजार ६ सय ३२ (१९७६३२) रहेको छ ।
नेपालको कूल जनसंख्याको करिब १०.७ प्रतिशत लुम्बिनी अञ्चलमा रहेको छ । अंचलको कूल जनसंख्या को ७३.९३ प्रतिशत जनसंख्या तराईका जिल्लाहरु नवल परासी, रुपन्देही र कपिलवस्तुमा रहेको पाइएको छ । तथ्याकं अनुसार अञ्चलमै सबैभन्दा धेरै जनसख्या रुपन्देही (८८०१९६),मा रहेको छ । त्यस्तै अन्य क्रमश: नवलपरासी (६४३५०८ ), कपिलवस्तु (५७१९३६ ),गुल्मी (२८०,१६० ),पाल्पा (२६११८०) र अर्घाखाँची ( १९७६३२ )जिल्लामा रहेको छ ।
पछिल्लो समयमा लुम्बिनी अंचलका पहाडी जिल्लाबाट बाहिरिनेहरु को संख्या उल्लेख्य देखिन्छ। जनगणना अनुसार जनगणनाको समयमा घरमा अनुपस्थित हुनेहरुको संख्या गुल्मी,पाल्पा र अर्घाखाँची जिल्लामा क्रमशः३५१३१, २७०१० र ३९९२९ रहेको छ।
वि.सं.२०५८-२०६८ को अवधिमा लुम्बिनी अंचलको जनसंख्याको आकार वितरणमा अवास्भाविक परिवर्तनहरु देखिएका छन्। हुन त अघिल्लो दशकको तुलनामा नेपालको पुरै जनसंख्या बृद्धिदरमा कमि आएको छ, तर यो अंचलका पहाडी जिल्लाहरुको जनसंख्या बृद्धिदरमा निकै गिरावट आएर ऋणात्मक ब्रुधिदर कायम भएको देखिन्छ।
गएको दशकमा अर्घाखाँचीको जनसंख्या बृद्धिदर ०.५३ प्रतिशत कायम भएको छ।
अघिल्लो तथ्याकं अनुसार अर्घाखाँचीको कूल जनसंख्याको क्रमश ११.७४ प्रतिशत जनसख्या जिल्ला बाहिर रहेको देखिएकोमा अहिले आइपुग्दा त्यो संख्या २०.२ प्रतिशत हुन पुगेको छ ।
नेपाल जीवनस्तर सर्भेक्षण १०११ र डेमोग्राफिक एण्ड हेल्थ सर्भे २०११ ले जिल्लाको जनसंख्याको प्रजनन दरमा उल्लेख्य कमि आएको नदेखाएको अवस्थामा अर्घाखांचीको जनसंख्या घट्नुको मुख्य कारण यहाँ बाट भैरहेको बाह्य बसाई सराई नै मुख्य कारण भएको अनुमान गर्न सकिन्छ ।
लुम्बिनी अन्चलमा सबैभदा धेरै जनसंख्या बुटवल नगरपालिका (११८४६२ )को छ। त्यसपछी धेरै जनसंख्या हुने क्षेत्रहरुमा सिद्धार्थ नगर नगरपालिका (६३४८३ ),गैंडाकोट गाविस (३३४१३ ), कपिलवस्तु नगरपालिका (३०४२८ ), सुनवल गाविस (२९२१७ ),तानसेन नगरपालिका (२९०९५ ), देवदह गाविस ( २८४१४ ), रामग्राम नगरपालिका ( २५९९० ),पर्रोहा गाविस (२५५६३ ), माकर गाविस (२४५९७ ) र शिवमन्दिर गाविस (२३२५४ ), शंकर नगर गाविस (२२४२९ ), सूर्यपुरा गाविस (२०७७३ ), रुद्रपुर (२०६४९ )र दुधराक्ष (१९६४९) पर्दछन। लुम्बिनी अंचलको २५ प्रतिशत जनसंख्या यिनै १५ वटा नगर र गाविसमा रहेको छ।
अर्घाखाँचीका तीन गाविस सन्धिखर्क ठाडा र सिद्वारामा आठ हजार भन्दा बढी जनसंख्या रहेको छ छ । गएको दशकमा सबैभन्दा बढी जनसख्या अर्घाखाँचीको पटौटि गाविसमा घटेको छ । यहाँको जनसंख्या ४०.१२ प्रतिशतले घटेर वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक ३।३७ भएको छ ।
लुम्बिनी अंचलका ४१० गाविस/नगरपालिका मध्ये १५३ वटा गाविसहरुको जनसंख्या बि.सं. २०५८-२०६८ को अवधिमा घटेको देखिन्छ। जनसंख्या घटेका सबै गाविसहरु गुल्मी ,पाल्पा, अर्घाखाँची र नवल परासीको पहाडी क्षेत्रमा पर्छन।
अर्घाखाँचीका ४२ मधे १७ वटा गाविसको जनसख्या पहिलेको भन्दा घटेको छ । गुल्मीका ७९ मध्ये २० वटा, पाल्पाका ६६ मध्ये ४४ नवलपरासीका ७४ मध्ये १० वटा गाविसहरुको जनसंख्या घटेको जनगणना प्रतिवेदनले देखाएको छ।
अर्घाखांचीको पटौटि, गुल्मीको भार्से र जयखानी अनि पाल्पाको फोक्सिंगकोट, चापपानी र हुमिन गाविसको जनसंख्या २५ प्रतिशत भन्दा बढी घटेको छ।
वार्षिक जनसंख्या बृद्धिदर सन्धिखर्क ४.३८ प्रतिशत रहेको छ ।
अर्घाखांचीको जनसंख्या घटेको देखिएको भएपनि यहाँ वसोवास गर्ने परिवारको संख्या भने घटेको देखिदैन।एउटा परिवारमा सबैभन्दा कम सख्याको परिवारको रुपमा ४.२२ प्रतिशत अर्घाखाँचीमा बसेको पाईएको हो ।
नेपालको कूल जनसंख्याको लिंग अनुपात ९४.१६ रहेकोमा लुम्बिनी अन्चलमा ८९.३६ मात्र रहेको छ । अर्थात् यहाँ प्रति हजार महिलामा करिब ८९४ जना मात्र पुरुष छन। यो अन्चलमा पुरुष भन्दा महिलाको जनसंख्या ३६ हजार १५८ ले बढी छ। जिल्लागत रुपमा हेर्दा पहाडी जिल्लाहरु गुल्मी, पाल्पा र अर्घाखाँची को जनसंख्याको लिंग अनुपात क्रमशः ७६, ७९.७ र ७७.५ रहेको छ।
जनगणनाको समयमा घरमा अनुपस्थित हुनेहरुको संख्या गुल्मी,पाल्पा र अर्घाखाँची जिल्लामा क्रमशः३५१३१, २७०१० र ३९९२९ देखिनु र त्यहाको लिंग अनुपात राष्ट्रिय औषत भन्दा निकै कम हुनुबाट ति जिल्लाका धेरै पुरुषहरु जिल्ला बाहिर भएको देखिएको छ ।
अंचलका ७८ वटा गाविसमा महिलाको भन्दा पुरुषको जनसंख्या धेरै छ। यी गाविसहरु मध्ये ६ वटा नवल परासीमा, २३ वटा रुपन्देहीमा र बाँकि कपिलवस्तु जिल्लाका दक्षिणी सिमा क्षेत्रमा पर्छन । गुल्मी अर्घाखाँची र पाल्पा जिल्लाका १५५ वटा गाविसमा लिंग अनुपात ७५ वा सो भन्दा कम छ । जनगणनाको तथ्यांकलाई केलाउदा पहाडी गाविसहरुमा पुरुषको संख्या निकै कम देखिन्छ। महिला र पुरुषको जमासंख्यामा ठुलो अन्तर हुनु आर्थिक, सामाजिक र जनसांख्यिक दृष्टिले घातक रहेको बिश्लेशक भनाइ छ ।
यदि पहाडी जिल्लामा लैंगिक आनुपाताको अवस्था यहि नै रहिरह्यो भने भविस्यमा ति क्षेत्रहरुमा बिहेवारी, श्रम परिचालन, सामाजिक रीतिथितिको जगेर्ना , सामुदायिक विकास र सुरक्षामा गम्भीर समस्या पर्ने निश्चित छ।
अर्घाखाँची जिल्लाको बाहेक अरु सबै जिल्लाको जनघनत्व नेपालको कूल जनघनत्व भन्दा बढी रहेको छ।
गुल्मी र पाल्पा जिल्लाको जनघनत्व राष्ट्रिय औषत भन्दा बढी भएपनि अघिल्लो दशकमा भन्दा घटेको छ। अघिल्लो जनगणना भन्दा एघारौ जनगणनामा गुल्मी पाल्पा र अर्घाखांचीको जनघनत्व क्रमशः ५.४, ३.१ र ५.१ ले घटेको छ भने रुपन्देही, कपिलवस्तु र नवलपरासी को जनघनत्व सोहि अवधिमा क्रमशः २४.१८, १८.७७ र १४.६२ ले बढेको छ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।