– कृष्ण खनाल
इलाका प्रहरी कार्यालय बुटवलले ठूलो परिणाममा चरेश सहित पाच जनालाई पक्राउ गरेको छ । बाग्लुंङ जिल्लाको पाण्डव खानीमा उत्पादन गरी बुटवल हुदै कपिलबस्तुको चन्द्रौटा लैजाने क्रममा ४६ किलो चरेश बोकेका तीन भरीया सहित ४ जनाललाई बुटवल गोलपार्कबाट पक्राउ गरेको हो ।
गुल्मीको वामीबाट ना ३ ख ७३९८ नम्बरको बसमा आउदै गरेका ४ जना पक्राउ परेका हुन । त्यस्तै बाग्लुंगको भिमगिठेबाट बुटवल आउदै गरेको लु १ ख ५४५२ नम्बरको बसमा आएकी महिलाको साथबाट १० किलो चरेश प्रहरीले पक्राउ गरेको छ ।
। रोल्पा थवाङ बस्ने २८ वर्षीय साबित्री बुढाले बाग्लुंगमा चरेश उत्पादन गरी बाग्लुंग रणसिंह कटेनी गाबिसका ५५ बर्षीय जुम्ली श्रीस, सोही स्थानमा बस्ने ५४ बर्षीया हिरा पुन र पाडाखानी बस्ने ३३ वर्षीया रिमबहादुर क्षेत्रीलाई भारी बोकाएर चन्द्रौटा लैजाने क्रममा पक्राउ प्रहरीले पक्राउ गरेको हो । त्यस्तै भिमगिठेबाट आएकी रोल्पा हरजङ बस्ने ३२ वर्षीया भावना गुरुङलाई १० केजी चरेश सहित पक्राउ गरेको छ ।
पक्राउ परेका पाचै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बिशेष सुकारीको आधारमा चरेश पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका मध्ये साबित्री बुढा अघिल्लो हप्ता पक्राउ परेको सञ्जालसंग नजिक रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक मोहनमणि अधिकारी र सहायक निरीक्षक हरिमाया बिकेको नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।अघिल्लो हप्ता बुटवलको बसपार्क र सोही नेटवर्कको आधारमा इटहरीबाट गरी प्रहरीले २८ किलो चरेश पक्राउ गरेको थियो ।