प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने पहल थाल्न राष्ट्रपतिलाई भट्टराईको सुझाव

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने पहल गर्न राष्ट्रपति डाक्टर रामवरण यादवलाई सुझाव दिनुभएको छ ।
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बने आफू कुर्सी छोड्न तयार रहेको भन्दै प्रधानमन्त्री भट्टराईले वहालवाला प्रधानन्यायाधीशकै नेतृत्वमा चूनावी सरकार गठन गनुपर्ने प्रस्तावमा सहमतिका लागि पहल गर्न राष्ट्रपति यादवलाई आग्रह गर्नुभएको हो ।
राष्ट्रपतिसंग शीतल निवासमा भेट गरे पछि पत्रकारसित कुरा गर्दै प्रधानमन्त्रीले वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भए आगामी जेठमा संविधानसभा चुनाव समेत स्वतन्त्र र निष्पक्ष गराउन संभव हुने दावी गर्नुभयो ।
उहाँले स्वतन्त्र ब्यक्तिमा समेत दलहरुबीच सहमति नभएको अवस्थामा विश्वब्यापी प्रचलन अनुरुप प्रधानन्यायाधीशकै नेतृत्व उपयुक्त भएको आफूले राष्ट्रपतिलाई बताएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले अरु कुनै दलका नेता वा स्वतन्त्र ब्यक्तिमै दलहरुबीच सहमति भएपनिसरकारबाट हट्न तयार रहेको बताउनुभयो ।