युवाहरुलाई देश निर्माणको अभियानमा सहभागी गराउन सुरु भएको नयाँ नेपाल निर्माण कोषलाइ प्रधानमन्त्री बाबुराम भट्टराईले १५ दिनको तलब दिएका छन् ।
कोष स्थापनाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकपछि प्रधानमन्त्रीले १५ दिनको तलव दिने घोषणा गरेका हुन् ।