– पार्वता श्रेष्ठ
नेकपा-एमाले अर्घाखाँचीको सातौ जिल्ला अधिवेशन प्रचार प्रसार उप-समितीको बैठक फागुन १ गते सन्धिखर्कमा सम्पन्न भएको छ ।
प्रचार प्रसार उप समितीका संयोजक प्रेमनारायण गैरेको अध्यक्षतामा बसेको बैठकले सातौ अधिवेशनको प्रचार प्रसारको लागि व्यापक रुपमा भित्ते लेखन गर्ने व्यानर ,पर्चा पोष्टर चोकचोकमा राख्ने निर्णय गरेको छ । यसैगरि खुला र बन्द सत्रका गतिविधीलाई स्थानिय र राष्टि्य संचार मिडियाहरुमा समाचार सम्प्रेषण गर्ने समेत निर्णय गरेको छ ।
सो बैठकमा प्रचार प्रसार समितीका सदस्य हिम बहादुर जि.सी लेकाली,सहयोगी वि.सी,पार्वता श्रेष्ठको समेत उपस्थित रहेको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।