राजीनामा दिए खिलराजकै नेतृत्वमा चुनावमा जान कांग्रेस तयार/सहमति गर्ने अधिकार शीर्ष तीन नेतालाई

प्रमुख विपक्षी नेपाली कांग्रेसले खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए उनकै नेतृत्वमा सरकार बनाएर चुनाव जान तयार भएको छ ।
बुधबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले जेठ १५ भित्र निर्वाचन गर्न वर्तमान सरकार हटाई नयाँ सरकार गठनबारे दलहरुसँग सहमति गर्ने अधिकार शीर्ष तीन नेतालाई दिएको छ । 
सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल रेग्मीकै नेतृत्वमा सरकारमा बनाएर भए पनि चुनावमा जाने पक्षमा भएपनि अधिकांश केन्द्रीय सदस्यहरुले त्यसलाई नमान्न दबाव दिएका थिए ।
शीर्ष नेता र केन्द्रीय सदस्यहरुको मत बाझिएपछि राजीनामा दिए रेग्मीलाई मान्न सकिने आशयको निर्णय गरिएको एक नेताले बताए । 
कांग्रेस बैठकको निर्णयमा भिएको छ-