– उमाकान्त पाण्डे गाउंले – दुबई
दुबइ – फागुन २ – सम्युत्त अरब एमिरेट्स युएईमा एक जना पाकीस्तानीको हत्या गरेकोमा मृत्युदन्डको सजाय सुनाइएका १७ जना भारतीय नागरिक दिया अर्थात रगतको मुल्य बुझाएर पछी मुक्त भएर भारत फर्किएका छन ।
रोजगारीको सिलसिलामा त्यहा पुगेका उनीहरुलाई सन २०१० को मार्चमा मृत्युदन्डको सजाय सुनाइएको थियो ।
झगडाको क्रममा पाकिस्तानी नागरिक मिश्रीखानको हत्या गरेकोमा उनीहरु दोशी पाईएका थिए । भारत फर्केका मध्ये २८ बर्षिय कुल दिब सिहं एक हुन ।
म गरीब परिवारको मानिस,दुबइ जान ऋण लिएको थिए,म कारागार गए पछी यहाँ मेरो दाजुको मृत्यु भयो , हाम्रो जीवन बर्बाद भयो , म साँढे पाच बर्ष पछी घर फर्केको छु । तर उनीहरुको ज्यान जोगाउन मृतकका परिवारले स्विकारेको १० लाख डलरको रगतको मुल्य कुनै सरकारले तिरेको होइन । दुबइमै रहेका एक ब्याक्क्ती होटल ब्यवसायी एसपी सिहं ओब्राईले ती भारतीयहरुको ज्यान जोगाउन १० लाख डलर आँफैले एक्लै तिरिदिएका हुन ।
दुबइ स्थित एक जना भारतीय ब्यापारीले बिदेशमा मृत्युदन्डको सजाय सुनाइएका थुप्रै भारतियहरुको ज्यान बचाएर ख्याती कमाएका छन ।
सफल उधमी बनेका एसपी सिहं ओब्राएले पछील्लो पटक सम्युत्त अरब एमिरेट्स युएईको एक अदालतले मृत्युदन्डको सजाय सुनाएका १७ जना भारतीयलाई बचाएका छन ।
ओब्राए भन्छन उनले १७ जना भारतीयको मात्र होइन अहिले सम्म ५४ जनालाई मृत्युदन्डको सजाय बाट बचाउन सफल भएका छन ।
उनी भन्छन अन्य केहीलाई पनि बचाउने उनको प्रयास जारी छ । उनले पछीलो पटक बचाएका १७ जना मगंलबार मात्र भारत फर्किएका हुन ।
सन २०१० मा दुबइको एक अदालतले ती १७ जनालाई एक जना पाकिस्तानी नागरिकको हत्याको अभियोगमा दोशी ठहर गर्दै मृत्युदन्डको सजाय दिएको थियो । तर ओब्राएले उनीहरुलाई बचाउने जिम्मा लिए । उनले १० लाख डलर ती मृतक पाकीस्तानीको परिवारलाई दिए । उनले दोश लगाएकाहरुलाई भेट्दा केही निर्दोश समेत पाएको बताए । मृत्युदन्ड बाट बचेँर आएकाहरुले ओब्राए भगवान जस्तै भएको बताएका छन । पन्जाबमा मेकानिकको काम गर्ने ओब्राए एक असल उधामी हुन जो अहिले दुबइमा निर्माण र होटल ब्यबसाय गर्छन् ।
स्रोत सन्धर्भ: बीबीसी हिन्दी सेवामा आधारमा बीबीसी नेपाली सेवाबाट जुटाएको