– शोभाखर पन्थी
नेकपा एमाले अर्घाखाँचीको सातौ जिल्ला अधिवेशन शुक्रवार संन्धिखर्कमा हुने भएको छ । जय सन्तोशीमाँ चलचित्र मन्दिर संन्धिखर्कमा हुने अधिवेशनमा एमाले सचिव शंकर पोख्रेल ,पोलिट व्युरो सदस्य छविलाल विश्वकर्मा,केन्द्रिय सदस्य नजिर मिया ,सोमनाथ प्याशी लगायतका नेताहरुले सम्बोधन गर्ने जनाईएको छ ।
करिव चार सय प्रतिनिधि सहभागी हुने अधिवेशनको तयारी पुरा भएको एमाले प्रचार विभाग प्रमुख पे्रमनारायण गैरेले बताउनु भयो । जिल्ला सदरमुकाम संन्धिखर्कमा केन्द्रिय नेताहरु र सहभागिहरु आउने क्रम जारी रहेको एमालेले जनाएको छ । अधिवेशन संपन्न गर्न बिभिन्न सात ओटा उप समिती बनाएको एमालले सदरमुकाम संन्धिखर्कलाई तुल र व्यानरले दुलही झै सिगारेको छ ।
सदरमुकाममा एमाले कार्यकर्ताहरुको जमघटले चहल पहल बढेको छ । चिया पसल र प्रत्येक चोक चोकमा जम्मा भएका एमाले कार्यकर्ता तथा अन्य दलका कार्यकर्ताहरु एवम् स्थानिय बासिन्दाहरु बिच एमालेको जिल्ला अधिवेशन बाट चुनिने नया नेतृत्वको बारेमा चर्चा परिचर्चा चलेको छ ।
जिल्ला अधिवेशनमा हुने नेतृत्व चयनको बिषय लाई लिएर एमाले भित्र धुव्रिकरण सुरु भएको छ । आफु नेतृत्वमा जानका लागी नेताहरुले जिल्लामा बिभिन्न गुट र उपगुट समेत निर्माण गरेका छन् । जिल्लामा सामान्यतया अस्थाई खाले ३ -४ ओटा गुट उपगुटहरु बन्ने गरेको भएपनि पछिल्लो समयमा एमाले नेताहरु २ गुटमा बिभाजन भएका छन् ।
एमाले नेता के. पि ओलिको प्रभाव क्षेत्र मानिएको अर्घाखाँचीमा केहि ओली निकटका व्यक्तिहरु समेत खनाल निकटका नेताहरु लाई सहयोग गर्न पुगेपछि दुवै पक्षको स्थिती मजवुद बनेको छ । एमाले अर्घाखाँचीमा हाल सम्म अन्य पदहरुमा निर्वाचन भए पनि प्रमुख पद भने सहमतिमै चयन हुने गरेको थियो ।
नेताहरुले आ-आफ्नोगुटको गोप्य रुपमा प्यानल समेत बनाई सकेकाले शुक्रवार राती सम्म नाटकिय परिर्वतन नभएमा चुनाव हुने प्राय निश्चित भएको छ । जिल्लाका अनुभवि र प्रभावशाली नेताहरु अध्यक्ष हुने दौड धुपमा लागेका कारण कार्यकर्ताहरु कसलाई निर्वाचित गर्ने भन्ने दुविधामा परेका छन् । वलि निकटबाट दुई पटक जिल्ला सचिव बनेर काम गरि सकेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चेत नारायण आचार्य र पर्ुव जिल्ला सचिव तथा अहिलेका उपाध्यक्ष जनार्दन खनाल मध्ये एक जनाले उम्देदारी दिने जनइएको छ ,भने संस्थापन पक्षबाट अहिलेका अध्यक्ष रामजी प्रसाद घिमिरे उम्मेदार हुने भएका छन् । दुवै पक्षले आ-आफ्नो गुटका प्यानल समेत गोप्य रुपमा निर्माण गरेको सो्रत ले जनाएको छ । दुवै पक्षले केहि युवा नेताहरु लाई समेत पदाधिकारीको निम्ती आ-आफ्नो गुट बाट उम्मेदार बनाउने तयारी मा रहेको जनाइएको छ ।
अन्य समाचार हेर्नु अघी यहाँ विज्ञापन किल्क गरी सहयोग गर्नु होला
एमालेका दुई प्यानलमा को कता –
केपि शर्मा वलि निकट समुह
चेतनारायण आचार्य
लक्ष्मण रायमाझी
बोम बहादुर विक
कुटमदिन वलि
जनार्दन खनाल
पिताम्वर भुसाल – ख )
प्रेम नारायण गैरे
वुद्धि बहादुर रायमाझी
ईश्वरा पोखे्रल
खगिश्वर पन्थी
जिवनारायण कोईराला
बसन्त श्रेष्ठ
लक्ष्मण नेपाली
संस्थापन पक्ष निकट समुहः
रामजी प्रसाद घिमिरे
नरेन्द्र कुमार क्षत्री
युवराज श्रेष्ठ
रामचन्द्र पोख्रेल
शरोज भुसाल
सिद्धि प्रसाद भुसाल
भोज बहादुर गन्दर्भ
राम बहादुर चौहान
जालपा भुसाल
प्रमिला क्षेत्री
मोति जङ्ग रायमाझी
नारायण श्रेष्ठ आदी
यो समचार तयार पार्दा सम्म आफुलाई स्वतन्त्र भन्न रुचाउने हरुमा पवित्रा पौडेल,दल बहादुर भट्टर्राई ,कुलदिप भुसाल ,कृष्ण प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद पौडेल आदि रहेका छन् ।
दुवै पक्षले यि स्वतन्त्र नेताहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयासमा लागि परेको जनाईएको छ ।
नेताहरु गुट उपगुटमा विभाजित भई प्यानलनै खडा गरेर निर्वाचन मा जान लागेको प्रति कार्यकर्ता भने आक्रोशित बनेका छन् । जिल्लामा एमालेको सवै भन्दा बलियो संगठन र जनाधार हुँदा हुदै पनि विगतका संसदिय निर्वाचन तथा संविधान सभाको निर्वाचनमा जिल्ला नेतृत्व बिच तालमेल नहुँदा हार ब्यहोर्नु परेको तितो अनुभव नेता हरुले बिर्सिएको उनीहरुको गुनासो छ ।
कुन नेता कुन पक्षको भन्दा पनि कस्लाई नेतृत्व दिए पार्टी एक ठिक्का हुन्छ र कार्यकर्ताको मनोवल बढ्छ तथा आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउन सकिन्छ भन्ने निष्कर्षा साथ र्सव सहमत रुपमा नेतृत्व चयन गरेर अगाडी बढ्नु पर्ने कार्यकताको माग छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।