रेग्मीलाई समन्वय गर्ने समितिमा समावेश गर्न साना दलको माग गर्दै प्रचण्डसँग रिसाएका १५ दलको गोप्य बैठक

प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनमा आवद्ध साना १४ दल र एक पूर्वसभासदले चार दलबीच मात्र हुने सहमति मान्य नहुने घोषणा गरेका छन् ।
ठूला दलविरुद्ध आयोजित बैठकमा नेपाल सरकारका ५ मन्त्रीसमेत सहभागी भएका छन् । असन्तुष्ट साना दलको बैठकमा मन्त्री एकनाथ ढकाल, बद्री न्यौपाने, अनिल झा, यदुबंश झा र केशवमान शाक्यसमेत सहभागी थिए ।
पुतलीसडकमा १६ दलको शनिबार बसेको बैठकले आगामी निर्वाचनमा प्रमुख दलहरुले समानुपातिकको सिट संख्या घटाउन लागिएकोमा चित्त दुखाउनुका साथै खिलराज रेग्मीसँग दलहरुको समन्वयन गर्न बन्न लागेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफूहरुको पनि हिस्सेदारी माग गरेका छन् । परिवार दलका अध्यक्ष एवं मन्त्री एकनाथ ढकालले भन्नुभयो