तेश्रो लघुवित्त सम्मेलन ९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको लघु वित्त सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको हो ।
सम्मेलन समापन गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले गाउँगाउँसम्म वित्तीय सेवाको पहुँच बिस्तार गर्न आग्रह गर्नुभएको छ । गरिबी निवारणका लागि वित्तीय सेवा महत्वपूर्ण भएकाले सरकारले पनि पहुँच बढाउन चाहेको अर्थमन्त्री पुनको भनाई छ ।
उहाँले लघुवित्त सम्बन्धि नीति निर्देशनहरुलाई व्यवहारिक बनाउने तर्फ नेपाल राष्ट्र बैंकले पनि ध्यान पु