प्रधानन्यायाधीश खिलराज रेग्मी शीतल निवास गएका छन् । राष्ट्रपति रामवरण यादवलाई सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउन उनी शीतल निवास गएका हुन् । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउन परमादेशको माग गर्दै अधिवक्ता भरत जंगमद्वारा सर्वोच्चमा रिट दायर गरेका छन ।
बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर भएको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रमुख दलहरुको निर्णय खारेज माग गर्दै अधिवक्त भरतमणि जङ्गमले रिट दायर गरेका हुन् । रिटमा बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु अन्तरिम संविधान, शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक मान्यताविरुद्ध भएको दाबी गरिएको छ ।
राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख चार दललाई विपक्षी बनाइएको रिटमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउन परमादेश माग गरिएको छ ।
राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शनिबार साँझ बसेको प्रमुख चार दलको बैठकले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति गरेको थियो ।