नेपालमा कस्तो सरकार बन्ने भन्नेबारे अन्यौल भैरहेका बेला संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि रोबर्ट पाइपरले प्रधानन्यायाधीशको नेतृत्वमा गैरराजनीतिक व्यक्तिहरु सम्मिलित ११ सदस्यीय सरकार बन्न लागेको घोषणा गर्नुभएको छ ।
पाइपरले आइतबार आफ्नो टि्वट गर्दै यस्तो घोषणा गर्नुभएको हो । नेपालमा प्रधानन्यायाधीशको मातहतमा ११ सदस्यीय मन्त्रिमण्डल बन्ने र मे महिनाको अन्त्यमा चुनाव हुने सम्भावना देखा परेको पाइपरले औंल्याउनुभएको छ ।