अन्तरिम संबिधान बिपरीत प्रधानन्यायाधीशको नेतृत्व:नेवाङ

बिघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेवाङले बहालवाला प्रधानन्यायाधिशको नेतृत्वमा सरकार बनेमा त्यो संबिधानबिपरीत हुने बताएका छन् ।
 
ईलाममा आयोजित एक कार्यक्रमा नेवाङ्ले राजनितीक दलहरु आफैले बनाएको अन्तरिम संबिधानलाई कुल्चेर प्रधानन्यायाधिशलाई मुलुकको कार्यकारी प्रमुख बनाउदा त्यो अन्तरिम संबिधान बिपरीत हुने बताएका छन् ।
अहिले मुलुक अध्यारोतिर उन्मुख भएको कारणले गर्दा सबै राजनितीक दलहरु एकजुट भएर समस्याको समाधान गर्नु पर्ने कुरामा उनले जोड दिए । खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउनु अन्तरिम संबिधान बिपरीत हो ।
यसरी अगाडी बढ्दा धेरै समस्या आउने हुनाले राजनितीक दलहरुलाई सजग भएर अगाडी बढ्न अनुरोध गरे ।