सन्धिखर्कमा घाँस उत्पादन सम्बन्धि ३ दिने तालिम सम्पन्न

– पार्वता श्रेष्ठ
पोषण युक्त घाँस खेती गरी पशुलाई खुवाऔ,पशुजन्य पदार्थको उत्पादन लागत घटाउऔ भन्ने नारा लिएर जिल्ला पशु सेवा कार्यालयको आयोजनामा ३ दिने घाँस उत्पादन तथा जमिन सुधार तालिम सन्धिखर्क जिल्ला पशु सेवा कार्यालयमा आज सम्पन्न भएको छ । 
सो तालिममा विभिन्न घाँसको बारेमा छलफल गरिएको थियो उक्त तालिमको सहजिकरण कार्यालय प्रमुख डा.अमृत कुमार मास्के, डा.नारायण प्रसाद घिमिरे,पशु सेवा प्राविधिक राधा पाण्डे,रेष्मी राज ज्ञवाली,पशु स्वाश्थ्य प्राविधिक बुद्धि प्रसाद गौतमले गर्नु भएको थियो । 
तालिममा विभिन्न गाविसका १८ जना अगुवा किसानको सहभागि रहेको तालिमको अन्त्यमा सहभागिको तर्फाबाट पार्वता श्रेष्ठ,केदार बेल्बासेले मनतव्य राख्दै पशुको विकासलाई भन्दा पहिला घाँस विकासलाई जोड दिर्नु पर्ने र यस्ता तालिम गोष्ठिहरु संचालन गर्नु पर्ने कुरामा जोड दिएका थिए । 
तालिमको समापन डा. नारायण प्रसाद घिमिरेले गर्नु भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु