अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षमा प्रस्तावित प्रधानन्यायाधीश खिलराज रेग्मीले राजनीतिक दलहरुको प्रतिबद्धता माग्नुभएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको भेटमा रेग्मीले जेठमै चुनाव गराउन सवै राजनीतिक शक्ति प्रतिबद्ध भएको खण्डमा मात्र आफुले नेतृत्व लिने बताउनुभएको हो ।
स्रोतका अनुसार नेपाली कांग्रेस र एमाले लगायतका दलका नेताहरुले आफ्नो नियुक्तिमा बिरोध जनाएको प्रति रेग्मी शसंकित हुनुहुन्छ ।