अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको पत्रकार सम्मेलन/लगानी गर्छौ वातावारण मिलाईदिनुस् : बिदेसमा कार्यरत अर्घेलीहरु

अर्घाखाँची डट्कम् जिल्ला डेस्क – अर्घाखाँची अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको आयोजनामा आज सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बन्दका बाब्जुत पनि कार्यक्रममा आमन्त्रित सम्पुर्णको उपस्थिती रहेको थियो । 
कार्यक्रममा सम्पर्क मञ्चको स्थापना उद्देश्य , यस् ले गरेका काम र सस्थाको अवधारणा बारे सम्पूर्णमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मञ्चका संयोजक राजु खड्काले अर्घाखाँची डट्कम् लाई जानकारी दिए। 
जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधी तथा जिल्लामा क्रियाशिल पत्रकारहरु समेतको ठूलो उपस्थिती रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले रोजगारीको क्रममा विदेशीएका अर्घाखाँचीवासीहरुबाट जिल्लाले आशा लिएको भन्दै जिल्लालाई प्रत्यक्ष लाभ हुने र बढ्दो विदेश पलायन रोक्ने खालका कार्यक्रम गर्न आग्रह गरे । 
मन्तव्य राख्दै नेपाली काँग्रेसका जिल्ला सचिव लोकेन्द्र वि.क.,नेकपा एमालेका नेता बुद्धिबहादुर रायमाझी,नेकपा एकीकृत क्रान्तिकारीका जिल्ला सचिव डिलाराम पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हिमबहादुर जि.सी लगायतले प्रदेशीएका युवाहरुको एकताको प्रशंसा गर्दै आफ्नो तहबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।मन्तव्य राख्दै एकीकृत नेकपा माओवादीका नेता चन्द्र बहादुर खड्काले दुखको कमाई उत्पादनमूलक कार्यमा खर्चन आगह गरे । 
अन्तराष्ट्रिय सम्पर्क मञ्चका सल्लाहकार विष्णु रिजालले अर्घाखाँची जिल्लाको विकासको लागि आफुहरु सहयोग र लगानी गर्न तयार रहेको भन्दै उचित बाताबरण बनाउनका लागि सरोकारवालाहरुलाई आग्रह गरे ।
सम्पर्क मञ्चका अध्यक्ष राजु खड्काको अध्यक्षता, सचिव रामप्रसाद पराजुलीको सञ्चालन र सदस्य विष्णु पन्थीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुले छापा पत्रकारिताको विकासमा सहयोग गर्न बिदेशिएका अर्घेलीहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकाशं जिल्लामा कृयशिल दलका प्रतिनिधि,बुद्दिजिवी एवम पत्रकारले बिदेशिएका अर्घेलीहरुको समस्या पहिचान गरी आफ्नो तहबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
संसार भर छरिएर रहेका अर्घाखाँचीबासीलाई एक जुट बनाउने उद्देश्यले स्थापित अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले हाल विश्वका ४५ भन्दा धेरै मुलुकमा सन्जाल विस्तार गरेको छ । कार्यक्रममा विश्वका अन्य मुलुकमा रहेका अर्घेलीलाई समेत सन्जालमा समेटेर हातेमालो गर्न के कसरी सकिन्छ ? भन्ने बिषयमा गम्भिर छलफल गरिएको थियो । 
मञ्चका सयोजक राजु खड्का युएईको दुबइ, सल्लाहकार बिष्णु रिजाल स्पेन बाट र सचिव राम प्रसाद पराजुली कतारमा कार्यरत छन । 
जिल्लामा बिशेष योजना तर्जुमा गरी कार्यन्वयनमा ल्याउन सबैसगं छलफल गरिएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु