प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी मन्त्रिपरिषद बनाउने सम्झौताको भाषा र सर्तहरुमा असहमति जनाएपछि प्रमुख चार दलका शीर्ष नेताहरुले प्रधान न्यायाधीश रेग्मीसँग सामूहिक छलफल गर्दैछन् ।
मंगलबार भएको वैठकमै चार दलका शीर्ष नेताले आज रेग्मीलाई भेटेर आश्वस्त पार्ने निर्णय भएको थियो । तर रेग्मीलाई भेट्ने समयबारे अझै टुंगो नलागेको नेताहरुले बताएका छन् । नेताहरु रेग्मीलाई भेट्न उहाँको सरकारी निवास बालुवाटार जाने कार्यक्रम छ ।
सुरुमा मन्त्रिपरिषद्को अध्यक्ष बन्न उत्साहित देखिएका रेग्मी पछिल्लो दिनमा डराईरहेको सूत्रको दावी छ । साना दलहरुको मोर्चाबन्दी बिरोध, बैद्य समूहको सडक आन्दोलन र कांग्रेस एमालेकै शीर्ष नेताहरुवाट आफ्नो नियुक्तिमा चर्को बिरोध भइरहेका कारण रेग्मी डराएको बताइएको छ । निर्धारित समयमा चुनाव गराउन सवै दलको प्रतिबद्धता आउनुपर्ने, आफ्नो नियुक्तिमा कम्तीमा मुख्य दलको सर्वसहमति हुनुपर्ने लगायतका सर्त रेग्मीले तेर्साएका छन् ।
चार दलका शीर्ष नेताहरुले सामूहिकरुपमै भेटेर रेग्मीका आशंका मेटाउने बताएका छन् । रेग्मीसँग भएको छलफलका आधारमा दलहरुले ९ बुँदै सहमतिको ड्राफ्टलाई समेत संसोधन गर्ने तयारी गरेका छन ।
प्रधानन्यायाधीश अन्कनाउनुका कारण
जेठमै चुनाव हुन नसक्ने अबस्था आएमा चुनावको मिति मंसिरमा सार्नुपर्ने बिषयमा समेत छलफल भइरहेको कार्यदलमा सहभागी एक नेताले बताए । दलहरुबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग, नागरिकताको आधार र लडाकुको दर्जा मिलानका विषयमा अझै सहमति हुन सकेको छैन ।