महङ्गी र बेरोजगारीको अन्त्य तथा श्रमसम्बन्धी नीतिमा परिमार्जन गर्नुपर्ने माग राखेर आह्वान गरिएको आमहड्तालका कारण पहिलो दिन आज भारतभरको जनजीवन कष्टकर बनेको छ । ११ वटा युनियनले गरेको बन्दमा बैंकका कर्मचारीहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।
बन्दका कारण भारतभर यातायातका साधन संचालन भएका छैनन् भने कलकारखाना, शैक्षिक संस्था र बजार ठप्प छ ।
बन्दको पूर्व सन्ध्यामा आन्दोलनकारी र सरकारबीच भएको वार्ता बिना निश्कर्ष टुङ्गिएको थियो ।
सरकारले भने बन्दका कारण देशले दैनिक २० हजार करोड भन्दा वढी नोक्सान ब्यहोर्नु पर्ने भन्दै आमहड्ताल फिर्ता लिन अपील गरेको छ ।
– AGENCIES