बेलायती प्रधानमन्त्री क्यामरुनले भारतमा हेलिकप्टर खरिदमा भएको भ्रष्टाचार छानविनमा भारतलाई सहयोग गर्ने

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भारतमा हेलिकप्टर खरिदमा भएको भ्रष्टाचार छानविनमा भारतलाई सहयोग गर्ने बताएका छन् । 
भारत भ्रमणमा रहेका क्यामरुनले आफ्ना भारतीय समकक्षी डा. मनमोहन सिंहसँगको भेटवार्तापछि भ्रष्टाचार विरुद्ध आफ्नो देशको कानून कडा रहेको भन्दै भारतले खरिद गरेको अगस्ता बेस्टल्याण्ड हेलिकप्टर खरिद सम्झौताको छानविनमा आवश्यक सहयोग गर्ने बताएका हुन् । 
भारतले केही समयअघि वेलायतसँग १२ वटा हेलिकप्टर खरिद गर्ने सम्झौता गरेकोमा उक्त सम्झौतामा ठूलो आर्थिक चलखेल भएको समाचार सार्वजनिक भएको छ भने उक्त काण्ड अहिले भारतमा निकै चर्चित बनेको छ । 
प्रधानमन्त्री क्यामरुनसँगको भेटमा भारतीय प्रधानमन्त्री सिंहले हेलिकप्टर खरिदमा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै छानविनमा वेलायतको सहयोग मागेको जनाइएको छ । एङ्ग्लो