सिरियामा भैरहेको गृहयुद्ध अन्त्यका लागि रुस र अरब लिगले सरकार र विपक्षीबीच प्रत्यक्ष वार्ता प्रस्ताव अगाडि सारेका छन् ।
संक्रमणकालीन सरकार गठन गरी गृहयुद्ध अन्त्यका लागि आफुहरुले सरकार र विपक्षीबीच प्रत्यक्ष वार्ता चाहेको उनीहरुले बताएका छन् ।
सिरियालाई हिंसाबाट मुक्त गर्न पनि वार्ता आवश्यक भएको उनीहरुको भनाई छ । रुसका विदेश मन्त्री सर्गेई लेभरोभले वार्ता मार्फत नै समस्या सुल्झाउनुपर्ने बताउनुभएको छ । द्वन्द्व अन्त्यका लागि वार्ता हुने भनिएपनि दुई पक्षबीचको दुरीका कारण सहमति बन्न सकेको छैन ।
लामो समयदेखिको गृहयुद्धले गर्दा सिरिया दुर्घटनातर्फ उन्मूख रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता जनाएका छन् । राष्ट्रपति बसर अल असादको राजीनामा माग गर्दै सन् २०११ को मार्च महिनादेखि चलेको युद्धका कारण ७० हजार जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
पश्चिमा देशले उक्साएको भरमा विपक्षीले आन्दोलन चर्काएको भन्दै राष्ट्रपति असदले विपक्षीसित आफु नझुक्ने बताउँदै आउनुभएको छ ।