सिरियामा कार बम बिस्फोट हुंदा ३१ जना मारिएका छन् ।
राजधानी दमस्कस नजिकैको जाँच चौकी र रुसी दूतावास नजिकै भएको बिस्फोटबाट थुप्रै घाइते भएका छन् । मारिनेमा चार बालबालिका समेत रहेको जनाइएको छ ।
बिस्फोटका कारण जाँच चौकी नजिकका घरहरु ध्वस्त हुनुका साथै कयौं सवारी साधनमा आगो समेत लागेको थियो । बिस्फोट लगत्तै सरकार बिरुद्ध प्रदर्शनमा रहेकाहरुबीच भागदौड मच्चिएको थियो । सिरियामा पछिल्लो समय लगातार रुपमा भईरहेका बिस्फोटका घटनामा थुप्रै मानिसको ज्यान गईसकेको छ ।
– Agencies