राजनितिक दलको नेतृत्व बिनो देशको निकास असम्भब
– प्रेमनारायण आचार्य
ढिकुरा, अर्घाखाँची । नेपाली काग्रेस क्षेत्र नम्बर २ अर्घाखाँचीको आयोजनामा सात गाविसको अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रम ढिकुरामा आज सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा महिला नेतृ पुस्पा भुसालले सहमति र सहकार्य बिना देशले निकास पाउन नसक्ने बताउदै देशलाइ निकास दिन सम्पुर्ण दलहरु मिल्नुको बिकल्प नभएको बताउनु भयो ।
उहाले राजनितिक दलको नेतृत्व बिना कुनै पनि सक्तिले देशलाइ निकास दिन नसक्ने बताउदै देशमा संकट परेको समयमा दलिय स्वार्थ भन्दा माथी उठेर सबै राजनितिक दलहरुले समग्र देशको हितमा काम गर्नु पर्ने बताउनु भयो ।
सात गाबिसका झण्डै २ सय अगुवा कार्यक्रताको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमको सहजीकरण काग्रेस नेता तथा प्रशिक्षक धनराज गुरुंगले गर्नु भएको थियो ।
उद्घाटन समारोह क्षेत्रीय सभापति मणिराम पौडेलको सभापतित्व र सचिब हेमन्त बेल्बासेको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।