केशव स्थापितलाई पुर्नस्थापना गर्न सर्वोच्चको आदेश

नरेन्द्र मानन्धर
काठमाडौं  । सर्वोच्च अदालतले सरकारद्वारा हटाइएका काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितलाई पुर्नस्थापना गर्न आदेश दिएको छ । न्यायाधीशद्वय रामकुमार साह र सुशीला कार्कीको संयुक्त इजलाशले आज स्थापितलाई हटाउनु अनधिकृत भएको ठहर गर्दै आयुक्तकै हैसियतमा पुर्नस्थापना गर्न आदेश दिएको हो । 
अदालतले स्थापितलाई हटाउनका लागि सरकारले गठन गरेको छानविन समिति नै अवैध ठहर समेत गरेको छ । उपत्यका विकास प्राधिकरणको आयुक्तमा पाँचवर्षका लागि नियुक्त गरिएका स्थापितलाई मन्त्रिपरिषदको गत माघ ४ गते बसेको बैठकले कार्यकाल पूरा नहँुदै बर्खास्त गरेको थियो । 
सरकारले प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा स्थापितको कामको छाविनका लागि समिति बनाएको थियो । 
स्थापितलाई हटाएर योगेश्वरकृष्ण पराजुलीलाई आयुक्तमा नियुक्त गरिएको थियो । स्थापितले आपूmलाई हटाउने निर्णय विरुद्ध सर्वोच्चमा रीट दायर गरेका थिए ।