पूर्व युवराज पारस शाहको स्थिति ‘अत्यन्त क्रिटिकल’

कृष्ण ढुंगाना, नागरिक
 काठमाडौं – हृदयघात भएर पाँच दिनदेखि बैंककको समितिभेज सुकुम्भित अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहको स्थिति ‘अत्यन्त क्रिटिकल’ भएको छ। आन्तरिक रक्तश्राव रोकिए पनि उनको स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले थप सहयोगका लागि बैंकक अस्पतालका डाक्टरको टिमलाई बोलाएको छ। 
‘उनको अवस्था अत्यन्त गम्भीर तर स्थिर छ’, सोमबार राति विज्ञप्ति जारी गर्दै समितिभेज अस्पतालले भनेको छ- ‘दुई दिनदेखि पेटमा रक्तश्राव देखिएको छैन र कुनै औषधि बिना रक्तचाप सामान्य अवस्थामा छ।’ उनको उपचारमा सघाउन बैंकक अस्पतालका डाक्टरहरु समितिभेज अस्पतालमा झिकाइएको छ। ‘दुवै अस्पतालका डाक्टरहरु अहिले भइरहेको उपचार प्रणालीप्रति सहमत भएका छन्’, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
पाँच दिन अघि हृदयघात भएपछि उपचारका लागि अस्पताल पुर्याउँदा अचेत रहेका उनको होस खुलेको छैन। प्रारम्भमा उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो। शरीरको तापक्रम थपघट हुन थालेपछि समितिभेज अस्पतालको सुनाकरिन शाखाबाट सुकुम्भित लगेर सिसियुमा राखिएको छ।
शुक्रबार पारसको अवस्थाबारे अफवाह फैलेपछि अस्पतालले स्वास्थ्य अवस्था सार्वजनिक गर्न विज्ञप्ति निकाल्न थालेको हो। पारशको उपचारमा सहयोग गर्न हाल हिमानी बैंककमै छिन्। हृदयघात भएको दोस्रो दिन बहिनी प्रेरणा सिंहसँगै पूर्व अधिराजकुमार धीरेन्द्रकी छोरीज्वाइँ पूजा शाही, डा. राजीव शाही, दिलाशा र आदर्शविक्रम राणा बैंकक पुगेका थिए। उनीहरू अझै उतै छन्।
बारामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह तथा कोमल हिजो काठमाडौं फर्किए पनि बैंकक जाने बारे हालसम्म कुनै यात्रा योजना सार्वजनिक गरिएको छैन।

पूर्व युवराज पारसको स्वास्थ्य अवस्थामा सामान्य सुधार
काठमाडौं  । ६ दिनअघि बैंककमा हृदयघात भई गम्भीर अवस्थामा अस्पतालमा उपचाररत पूर्व युवराज पारसको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको जनाइएको छ । पारसको मुटुको धड्कनमा सामान्य सुधार भएको हो । मुटुको पल्सरेट आज ४५ देखि ५० मा रहेको जनाइएको छ । 
जबकी हिजो त्यो दर ३०