नेकपा-माओवादीको संन्धिखर्कमा अगुवा कार्यकर्ता प्रशिक्षण, जनविद्रोहको लागी तयार रहन कार्यकर्तालाई निर्देशन

– शोभाखर पन्थी 
संन्धिखर्क, अर्घाखाँची  –  ४ दलले नयाँ निर्वाचनको लागी प्रधान न्याधिश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति जुटाए लगत्तै ए माओवादी बाट बिभाजित भएको नेकपा माओवादीले जन विद्रोहको लागी तयार रहन भन्दै आफ्नो पार्टीका अगुवा कार्यकर्ता हरुलाई निर्देशन दिएको छ ।
नेकपा माओवादीका केन्द्रिय सदस्य शन्तोष बुढा मगरले राष्ट्रियताको रक्षार्थ क्रान्तिको कुनै विकल्प नभएको बताउनु भयो । अर्घाखाँचीको संन्धिखर्कमा आयोजित अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले विदेशि शत्ति केन्द्रको ईशारामा प्रधानन्याधिश रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने भनेर दलहरुले गम्भिर गल्ती गरेको आरोप लगाउनु भयो । 
सापेक्षिक रुपमा जनताको आशाको केन्द्रको रुपमा रहेको अदालतलाई भताभुङ्ग पार्ने षडयन्त्र स्वरुप प्रधान न्याधिश रेग्मिलाई प्रधान मन्त्री बनाउन लागीएको भन्दै दलहरुलाई वाईपास गरेर बनाउने सरकारको कुनै औचित्य नभएको उहाँको भनाई छ । 
मोओवादी मगरात ईन्चार्ज समेत रहनु भएका बुढाले क्रमश मुलुकमा जनविद्रोह बातावरण बन्दै गएको भन्दै गाउँ गाउँका जनतालाई संगठित गरी जनविद्रोहको लागी तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । रेग्मी नेतृत्वको सरकार ले गराउने भनिएको निर्वाचनलाई राजा ज्ञानेन्द्रले गराएको स्थानिय निकाएको निर्वाचन जस्तै बनाई दिने उहाँको दावी थियो । 
कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादीका मगरात राज्य समितिका सह सेक्रेटरी धनिश्वर पोखे्रल ले संविधान सभाको विघटन गराएका दलहरुले फेरिपनि संविधान सभाको चुनाव गराउनु पर्छ भन्दै जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाउनु भयो ।
नेकपा माओवादीका जिल्ला सेक्रेटरी बाबुराम घिमिरे भुवनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला ईन्चार्ज भेषराज भुसाल जिल्ला सह ईन्चार्ज भोला बस्याल लगायतका वक्ताहरुले मन्तव्य राख्दै राष्ट्रघाति हरुलाई एक्लाउदै राष्ट्रवादी शत्तिहरु बिच एकता कायम गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु