सुपादेउराली मन्दिरबाट पुजा गरेर फर्कदै गरेको जीप दुर्घटना, चार गंभिर घाईते

– वीरेन्द्र केसी
अर्घाखाँची   मन्दिरमा दर्शन गरेर फर्कदै गएको भत्तजन चढेको जीप शनिवार दुर्घटना हुँदा चार जना गंभिर घाईते भएका छन । कपिलवस्तुको शिवपुर हल्लानगरबाट अर्घाखाँची को सुपादेउराली मन्दिरबाट आई पुजापाठ गरेर फर्कदै गरेको लु १ ज ६४३ नम्बरको जीप ठाडाको कोप्चेबास स्थित सडकमै पल्टिन पुग्दा चालक सहित चार यात्रु गंभिर घाईते भएका छन । जीपमा १४ जना सवार थिए ।  
घाईतेको अमराई मेडिकलमा सामान्य उपचारपछि बुटवल लगिएको छ । गंभिर घाईते हुनेमा चालक छटिराम यादव, हल्लानगरकी गीता विक, कमला राना र निर्माया कुमाल रहेका छन । अन्य यात्रु सामान्य रहेका छन । 
द्रुत गतिमा रहेको जीप घुम्टी मोडमा अघिल्लो टायर फुस्किएर उछिटिएपछि जीप सडक छेउको नालीमा पल्टिएको प्रहरीले जनाएको छ । 
जीप पल्टिदा यात्रु नालीमा परी जीपले च्यापेको र पीच सडकमा पछारिदा

अन्य समाचारहरु