पेटमा दुखाई बढेपछि बेलायती महारानी एलिजावेथ द्वितीयालाई अस्पताल भर्ना

पेटमा दुखाई बढेपछि बेलायती महारानी एलिजावेथ द्वितीयालाई अस्पताल भर्ना गरिएको छ । पेट दुखेर छटपटिएपछि ८६ बर्षीया महारानीलाई बेलायतको किङ एडवार्ड अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उहाँमा ग्यास्ट्रीकको लक्षण देखिएको छ । 

उहाँलाई निरीक्षणका लागि थप दुई दिन अस्पतालमै राखिने स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । १० बर्षअघि घुँडाको शल्यक्रिया गरिएपनि यसअघि कुनै स्वास्थ्य समस्या नभएको जनाइएको छ । स्वास्थ्यमा क्रमशः सुधार आएपनि उहाँको रोम भ्रमण भने स्थगित गरिएको छ ।
– AGENCIES