पाकिस्तानको कराँची शहरमा भएको पछिल्लो बम बिस्फोटमा कम्तिमा ४५ जना मारिएका छन् ।
एक सय ५० जना घाइते भएका छन् । बिस्फोटबाट अब्बास शहरका, आकाश धूवाँको मुस्लोले भरिएको, थुप्रैं भवन भत्किएका र बिजुली अबरुद्ध भएको छ ।
नमाज सकेर फकर्ने समयमा मस्जिद नजिक बिस्फोट गराइएको थियो । शिया मुसलमानमाथि लक्षित उक्त बम बिस्फोटको पछाडी सुन्नी चरमपन्थी समूहको हात रहेको आशंका गरिएको छ । पछिल्लो समयमा पाकिस्तानमा सुन्नी समुदायले शिया समुदायलाई निशाना बनाउदै साम्प्रदायिक हिंसा मच्चाउँदै आएका छन्
AGENCIES