चारदलको बिरुद्धमा राजमोको सन्धिखर्कमा बिरोध सभा

– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २१ फागुन । प्रधानन्याधिसको अध्यक्षतामा सरकारको गठन गर्ने चारदलको तयारी लगायतका चारदलले गर्न लागेका गैर संबैधानिका कार्यको बिरोधमा राष्ट्रिय जनमोर्चा बिरोधमा उत्रिएको छ । 
  चार राजनितिकदलहरुले प्रधान न्याधिसको  नेतृत्वमा सरकार गठन गर्ने,मतदाता नामाबली, नागरिकता तथा मानबता बिरुद्धको अपराधीलाइ आम माफी दिने चारदलको सम्भाबित सहमतिको बिरुद्धमा राष्ट्यि जनमोर्चाले बिरोधका कार्यक्रम गर्न सुरु गरेको छ । 
   आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा  राष्ट्यि जनमोर्चा अर्घाखाँचीले  बिरोध सभा सम्पन्न गरेको छ । कार्यक्रममा मन्तब्य राख्दै नेकपा मसालका सचिब  हरि आचार्यले संकट समाधानको लागि भन्दै अहिले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरे मुलुकमा भयावहको स्थिती सिर्जना हुने चेतावनी दिनुभएको छ । 
   उहाले प्रमुख चार दलले गरेको निर्णय कार्यान्वयन भए आफ्नो पार्टीले आन्दोलनको माध्यमबाट आँधीबेहरी ल्याउनेसमेत बताउनुभयो । मुलुकमा जारी संकट समाधानका लागि भन्दै गैरराजनीतिक व्यक्तिलाई सरकार प्रमुख बनाउने काम विदेशीको इशारामा भइरहेको नेता आचार्यले आरोप लगाउनुभयो । 
   कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्यि सदस्य सागर केसीले बर्तमान सरकार र चार राजनितक दलका कारण देश ठुलो दुर्घटनामा फस्ने बताउनु भयो । कार्यक्रममा अखिल नेपाल महिला स.घकि केन्द्रिय उपाध्यक्ष्प शकुन्तला राना, अखिल छैठौका जिल्ला अध्यक्ष कुलराज खनाल लगायतले मन्तब्य राखेका थिए । 
   कार्यक्रम राजमोका जिल्ला अध्यक्ष झबिलाल थापाको अध्यक्षता र सचिब थम्मन केसीको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु