१३ हजारलाई साक्षर बनाउन जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको घरदैलो अभियान

– वीरेन्द्र केसी 



सन्धिखर्क, अर्घाखाँची । जिल्ला शिक्षा कार्यालयले तीन महिनामा जिल्लाका सबैलाई साक्षर बनाउन अभियान सञ्चालन गरेको छ । 



गाउँ-गाउँमा प्रचार प्रसार गरी घरदैलो अभियान सञ्चालन गरेर अक्षर चिन्न र लेख्न नसक्ने सबैलाई साक्षर बनाउने लागेको हो । घरमा रहेका सबै परिवारलाई साक्षर बनाउन अभियान शुरु गरेको छ । जिल्लामा झण्डै ३ लाख जनसंख्या मध्ये १३ हजार १ सय ९६ जना अक्षर चिन्न, लेख्न र भन्न नसक्ने सबै साक्षर हुने शिक्षा अधिकारी मित्रमणी खनालको भनाई छ ।  

 


जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल ।

 

गाउँमा सञ्चालन भएको प्रौढ शिक्षाबाट पनि अझै निरक्षर रहेकालाई यो अभियानले सबैलाई साक्षर बनाउने छ । ६ देखी ६० वर्षसम्मका सबैले पढन लेख्न सक्ने भएपछि अर्घाखाँची साक्षर जिल्लाको रुपमा घोषणा गरिनेछ । जिल्लाभर ४ सय ३७ जना स्वयमसेवक शिक्षा कार्यालयले खटाउने र १ सय ८८ जना सहजकर्ता परिचालन हुने तयारी भैरहेको खनालले बताए । निरक्षर रहेकालाई आफनो पायक पर्ने ठाउँमा दिनको दुई घण्टा र ३ महिनामा १ सय ५० घण्टा पढाएपछि साक्षर बन्ने उनले बताए ।



विद्यालयमा रहेको सामुदायिक सेवा केन्द्रमा सामुदायिक साक्षेदारी कार्यक्रम अन्तरगत सञ्चालन गरिने अभियानमा पढन आउनेलाई किताब, कापी, पेन्सिल, पेन कार्यालयले उपलब्ध गराउने छ । विद्यालयको १८ सामुदायिक अध्ययन केन्द्रमा विभिन्न थरीका किताब, पत्र पत्रिका राखेर पढने सुविधा उपलब्ध हुने शाखा अधिकृत तथा कार्यक्रम संयोजक जमुना चुदालीले बताईन । 

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु