केन्यामा नयाँ संविधान अन्तर्गत आमनिर्वाचनका लागि मतदान सम्पन्न

एजेन्सी, फाल्गुन २१ । केन्यामा नयाँ संविधान अन्तर्गत पहिलो पटक आमनिर्वाचनका लागि मतदान सम्पन्न भएको छ।  निर्वाचनले नयाँ राष्ट्रपति, सांसद, सिनेटर र गभर्नरहरु चुन्ने छ । 
१ करोड ४० लाख (  ७०% ) मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन। 
शान्तिपूर्ण मतदानका लागि आह्वान गरिए पनि मतदान सुरु हुनुअघि मेम्बासा शहरमा हतियारधारी समूहले दुई प्रहरीको गोली हानी हत्या गरेका छन् । 
निर्वाचनमा उम्मेदवार रहेका वर्तमान राष्ट्रपति मोवाई किवाकीले चुनावबाट विश्वलाई केन्यामा प्रजातन्त्र बलियो बन्दै गएको सन्देश दिन आह्वान गरेका छन् ।
 
राष्ट्रपति पदका लागि ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनमा सुरक्षाका लागि ९९ हजार प्रहरी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । 
निर्वाचनको परिणाम आगामी मार्च ११ मा घोषणा गरिने छ । यसअघि सन् २००७ मा भएको निर्वाचनमा पराजित उम्मेदवारले परिणाम अस्वीकार गर्दा भड्किएको हिंसामा एक हजारभन्दा बढी मानिस मारिएका थिए ।