जनकपुर । धनुषाका स्थानीय विकास अधिकारीमाथि हातपात गर्ने आफ्ना कार्यकर्तालाई छाड्न माग गर्दै गृहमन्त्री विजय गच्छदारको पार्टी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले जनकपुर बन्दको आह्वान गरेका छ ।
हिजो पनि जनकपुर बन्द गराएका उनीहरुले आफ्नो माग पूरा नहुँदासम्म बन्द जारी रहने बताएका छन् । बन्दका कारण जनकपुर बजार ठप्प बनेको छ भने शिक्षण संस्था र यातायात संचालन हुन सकेको छैन ।
यसैबीच बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले आज बिहानै जनकपुरको रामाचोकमा दुई वटा गाडी तोडफोड गरेका छन् । फोरम कार्यकर्ताले एलडीओले निलम्बित जिविस कर्मचारीलाई तलव खुवाएको आरोप लगाएका छन् ।
RSS