विश्वमा स्तन क्यानसरबाट पीडित महिलाहरु मध्ये अन्य देशको तुलनामा बेलायतका महिलाहरु बाँच्ने सम्भावना कम

विश्वमा स्तन क्यानसरबाट पीडित महिलाहरु मध्ये अन्य देशको तुलनामा बेलायतका महिलाहरु बाँच्ने सम्भावना कम हुने एक अध्ययनले देखाएको छ । 
जर्नल अफ क्यान्सरका अनुसन्धानकर्ताहरुले हालै बेलायत, क्यानाडा, अष्ट्रेलिया, डेनमार्क, नर्वे र स्वीडेन लगायतका राष्ट्रमा गरेको अनुसन्धानमा अन्य मुलुकको तुलनामा बेलायतमा स्तन क्यान्सरबाट पीडित महिलाहरुको चाँडो मृत्यु हुने गरेको देखाएको हो । 
बेलायतमा स्तन क्यान्सरबाट पिडित महिला मध्ये २८ प्रतिशतको तीन वर्षमै मृत्यु हुने गरेको अध्ययनले देखाएको छ । 
स्वीडेन लगायत अन्य मुलुकका भने स्तन क्यान्सरबाट पीडित महिलाहरु मध्ये ४२ प्रतिशत बाँच्ने गरेको पनि अध्ययनले देखाएको छ । अन्य मुलुकको तुलनामा बेलायतमा स्तन क्यान्सरबाट पीडित महिलाहरुले समयमा उपचार नगराउने र रोगप्रति बेवास्ता गर्ने गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
– 
एजेन्सी