राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डद्धारा सर्वोच्चमा लिखित जवाफ पेश

काठमाडौं  । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रक्रियाबारे विपक्षीहरुले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री डा.बाबुराम भट्टराई, प्रधानमन्त्री कार्यालय, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् । 



राष्ट्रपति कार्यालयले महान्यायाधीवक्तामार्फत पेश गरेको जवाफमा रिट निवेदकले प्रधानमन्त्री चयन प्रक्रियामा राष्ट्रपति कार्यालयको संलग्नता पुष्टि गर्न नसकेको र राष्ट्रपति कार्यालयबाट संविधान विपरित कुनै पनि काम कारबाही नभएको दाबी गर्दै रिट खारेजीको माग गरिएको छ ।



त्यसैगरी प्रधानमन्त्री कार्यालयबाट पेश गरिएको सात पृष्ठ लामो जवाफमा शान्ति प्रक्रियाको भावना विपरित निवेदकले रिट दायर गरेको उल्लेख छ । 



त्यसैगरी प्रचण्डले सर्वोच्चलाई पेश गरेको लिखित जवाफमा लोकतन्त्रका उपलब्धीलाई छिन्नभिन्न पार्ने उद्देश्यले रिट दायर गरिएको दाबी गरिएको छ । 



राष्ट्रपति कार्यालयबाट हिजो नै महान्यायाधीवक्ताको कार्यालयमा लिखित जवाफ पठाइएको भए पनि सर्वोच्चमा आज मात्र पेश गरिएको थियो ।



RSS