काठमाडौं । संघीय लोकतान्त्रिक गठबन्धनले आह्वान गरेको नेपाल बन्दको कारण काठमाडौंलगायत देशका बिभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । लगातार दोस्रो दिन बन्द गरिएकाले यातायातका साधन चलेका छैनन् भने मुख्य बजार र शैक्षिकसंस्था ठप्प छ ।
बन्दको प्रभाव विभिन्न जिल्लामा पनि परेको छ । बन्दले धनकुटा, ईलाम, ताप्लेजुङ, झापा, मोरङ, सिरहा, सर्लाहीलगायतका जिल्लामा यातायात, बजार र शैक्षिकसंस्था ठप्प बनेको छ । बन्दकर्ताले बिहानैदेखि चितवनको चोकचोकमा प्रदर्शन गरेका छन् । बन्दको प्रभाव नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बांके, बर्दिया कैलालीलगायतका जिल्लामा पनि देखिएको हाम्रा संवाददाताहरुले जनाएका छन् । बन्दको पूर्व सन्ध्यामा हिजो सांझ बन्दकर्ताले विभिन्न जिल्लामा मसाल जुलुस समेत निकालेका थिए ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने, प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेलगायतको माग राख्दै संघीय लोकतान्त्रिक गठबन्धनले बन्दको आह्वान गरेको हो । गठबन्धनको नेतृत्व मधेशी जनाधिकार फोरम नेपाले गरेको छ भने पाँच घटकले बन्दमा साथ दिएका छन् । यसैबीच, जर्वजस्ती बन्द गराउंदै हिड्ने ५८ जना बन्दकर्तालाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्रेको छ । बन्दको प्रभाव देशका राजमार्गहरुमा पनि देखिएको छ ।
यसअघि, हिजो नेकपा