बालपत्रकारले लिए अर्घाखाँचीका सहायक सिडिओ खनालको अन्तरवार्ता

सन्धिखर्क, अर्घाखाँची – सञ्चार जगतमा आकर्षण बढ्दै गैरहेका बेला जिल्लामा नयाँ बालपत्रकारको उदय भएको छ । उनले विहीबार अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालसँग जिल्लाको समसामयिक, शान्ति सुरक्षा, जनताले पाउने प्रशासनिक सेवा लगायतका विषयमा झण्डै ३५ मिनेटसम्म अन्तरवार्ता लिए । 
 


अर्घाखाँची स-प्रजिअ भेषराज खनालसँग १० वर्षीय बालक मिसन केसीले अन्तरवार्ता लिदै ।
 


अर्घाखाँची फुदवाङको जेनिथ ई∙लिस बोडिङ स्कुल कक्षा ४ मा पढने १० वर्षीय बालक मिशन केसीले खनालसँग  जिल्ला प्रशासन कार्यालयमै गएर अन्तरवार्ता लिएका हुन । उनी जिल्लामै पहिलो बाल पत्रकार हुन । निकै जोसिला, हसिला, भद्र रुपका देखिने केसीले अन्तरवार्ता लिदा खनाल पनि खुसी देखिन्थे । उनी टाई कोट, पाईन्ट र टोपी लगाएर दह्रोसँग कुराकानी गरे ।
 
सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनाल ।
 


अन्तरवार्तामा स-प्रजिअ खनालले खुसीसाथ प्रश्नको उत्तर दिए । मिसनले खनालसँग प्रशासनबाट हुने सेवा, जिल्लाको शान्ति सुरक्षा, आपराधिक घटना, नरपानीको बन्द चुनढुंगा उत्खनन, राजनीति र प्रशासनको सम्बन्धका बारेमा अन्तरवार्ता लिए ।
 
अर्घाखाँची स-प्रजिअ खनालसँग अन्तरवार्ता लिन जाने क्रममा मिशन केसी ।
 


राष्टको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रमा सानै उमेर देखी रुचि राखेकोमा खनालले केसीलाई धन्यावाद दिए । अन्तरवार्ता लिने केसी अर्घाखाँची डट्कमसँग सम्बन्धित छन । उनको पत्रकारितातर्फ रुचि छ । 
 
अर्घाखाँचीको जिल्ला प्रशासन कार्यालय भवन ।
 


मिशनले लिएको अन्तरवार्तालाई नियाल्न अर्घाखाँची डट्कमका सम्पादक वीरेन्द्र केसी, डटकमका फोटो पत्रकार राजु टण्डन र सहयोगी हरिबहादुर खडका समेत सहभागी भएका थिए । 
Arghakhanchi.Com editor Birendra KC contributed to this report.
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु