काठमाडौं,फाल्गुन २५ । आज आठ मार्च अर्थात, अन्तर्राष्ट्रिय महिला अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदैछ । महिला हिंसा, बलात्कारलगायतका घटना बिरुद्ध आबाज बलुन्द गरी विश्वभरिका करोडौ महिलाले आज यो दिवस मनाईदै छन् । महिला र पूरुषलाई समान अधिकार, उत्पादनमा समान सहभागिता र उपभोगमा पनि समानता हुनुपर्ने आबाजसहित विश्वमा महिला दिवस मनाउन थालिएको हो । सन् १९०७ मा जर्मनीको स्टुट्गार्ट शहरमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले महिलाहरूलाई मताधिकार दिलाउने पहिलो प्रस्ताव पारित गरेपछि विश्व महिला आन्दोलनले संगठित रुप लिएको थियो ।
सन् १९०८ को ८ मार्चको दिन अमेरिकाको न्यूयोर्क शहरको एक गार्मेन्ट कारखानामा काम गर्ने हजारौं श्रमिक महिलाहरूले मत दिने अधिकार समान, काममा समान ज्यालाको अधिकार र टे