जनकपुर । गृहमन्त्री विजयकुमार गच्छदारको पार्टी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले गरेको अनिश्चितकालिन जनकपुर बन्द फिर्ता भएको छ ।
महाशिवरात्री पर्व, चैत १ गतेदेखि संचालन हुने एसएलसी परीक्षा र उद्योगी व्यवसायीको समस्यालाई ध्यानमा राख्दै तत्काललाई आन्दोलन फिर्ता लिईएको फोरमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । चार दिन सम्म भएको बन्दका कारण जिल्लामा जनजीवन कष्टकर भएको थियो ।
बन्दले यातायात, शिक्षणसंस्था र कलकारखाना ठप्प थिए । स्थानीय विकास अधिकारीमाथि हातपात गर्ने कार्यकर्तालाई रिहा गर्न माग गर्दै गृहमन्त्रीकै पार्टीले जनकपुर बन्दको आह्वान गरेको थियो ।
– RSS